Warning: session_start(): Cannot start session when headers already sent in /home/readymad/public_html/index.php on line 4
Nepal Door

We are committed to maintaining superior standards in manufacturing and business practices.

Nepal Door
01 Jan

Nepal Door

हर प्रहरको विश्वासिलो सुरक्षाकवज हो, ‘ढोका’

कुनै समय यस्तो थियो कि हामीले प्रयो गर्ने बस्तु जस्तो देखिए पनि बलियो भए हुन्थ्यो । त्यो समयमा जे सामान पनि उत्पादन गर्न समय बढि लाग्ने, आकर्षक बनाउने तथा प्रविधि र जनशक्ति थिएन् । अहिले विश्व एक घर जस्तो भएको छ । विश्वमा भएका देशहरु कोठा कोठा जस्ता भएका छन् । प्रविधिको विकासले गर्दा संसार नै सानो लाग्न थालेको छ । एक देशले उत्पादन गरेको बस्तु तथा सेवा अर्को देशमा सहजै पुग्न थालेको छ । मानिसहरु हिजो भनदा आज अल्छि हँदै गएका छन् । मानिसको सट्टा मेसिनले काम गर्न थालेका छन् । मानिसले दश दिन लाएर गर्ने काम मेसिनले एक घण्टामै गरिदिन सक्छ । विगत भन्दा हालको जीवनशैली, रहनसहन तथा आवश्यकताहरु फेरिएका छन् । मानिसका रुचि तथा आवश्यकता बढ्दै गएका छन् । नयाँ नयाँ बस्तुहरु खोज्न थालिसकेका छन् । विश्व बजारमा प्रतिष्पर्धात्मक बनदै गएको छ । विश्व बजारमा जसले जति राम्रो तथा सस्तो बस्तु उत्पादन गर्न सक्यो उसकै बजार बढ्न गएको छ । मानिसका आवश्यकता र रोजाँई पनि झन झन नयाँ नयाँ उत्पादन तर्फ गएका छन् । यसै सन्दर्भमा आज हामी मानिसलाई जीवनमा नभई नहुने बस्तु घरमा राखिने ढोकाको विषयमा चर्चा गर्दै छौं । जीवनमा हरेक मानिसले औषतमा एउटा घर बनाएकै हुन्छ । घर मानिसलाई जीवन जीउन सजिलो बनाउने बस्तु हो । यसैघरमा प्रयोग हुने हरेक सामानहरु नै त्यो घरका अंग हुन् । घरमा प्रयोग भएका बस्तु (अंग) बलियो भयो भने मात्र घर वलियो हुन्छ । त्यसैमध्ये एक अति महत्वपूर्ण अंग हो ढोका । ढोका यसकारण अति महत्वपूर्ण छ कि जो घर रहुन्जेलको मुख्य आधार मानिसको साथी (Friend) जस्तै छ ।

  ढोका घरमा बस्ने मानिसको आशा, भरोसा तथा विश्वासिलो सुरक्षाकर्मी जस्तै हो । कुनै पनि मानिस घरमा बस्दा ढोका छ धो मात्र आफूलाई सुरक्षित भएको महशुस गर्दछ । ढोका मानिसको दिन रातको सुरक्षाकर्मी साथी हो । मानिस घरभिज्ञ होस या घरबाहिर निस्कियोस उसलाई सबैभन्दा पहिले ढोका कै सम्झना हुन थाल्छ । ढोका बलियो छ, राम्रोसँग लगाइएको छ भने मानिस ढुक्कसँग बस्न सक्छ । मानव जीवनमा ढोकाको महत्व यति छकि जुन हाम्रा धार्मीक विश्वासका कुराहरुले पनि देखाउछ । ढोका प्रवेशद्धार यस्तो प्रवेशद्धार हो जसले घरभित्रको र बाहिरको सिमाना छुट्याउने मात्र होइन वातावरण छुट्टै भएको आभाष गराउदछ । अहिले मानिसका रोजाई फरिएको सँगै ढोकाहरु पनि नयाँ नयाँ खालका आएका छन् । हरेक दिन मानिसको आवश्यकता फेरिएसागै ढोका पनि नयाँ र विगतमा भन्दा फरक माग भईरहेका छन् । नेपालमा हालको ढोकाको बजार हेर्दा विदेशी उत्पादनले ढाकिएको छ । नेपालमै उत्पादन हुने पुराना शैलीका ढोकाको प्रयोग न्युन छ भने नयाँ प्रविधियुक्त ढोकाको उत्पादन गर्ने कम्पनी पनि कम भएको कारण विदेशबाट आयात गर्नु परिरहेको हो । जलश्रोतको धनी मुलुक नेपाल बनजंगलको हिसाबले पनि धनि नै छ । नेपालको जनसंख्या र भुगोल हर्नेहो भने बनजंगल प्रश्स्त नै छ । तर विडम्बना हामी विदेशबाट ढोका आयात गरिरहेका छौं । यसरि ढोका आयात गर्दा बार्षिक करोडौं रकम विदेशिन पुगेको छ । एकातर्फ नेपालमा रोजगार नपाएर जनशक्ति विदेशएिको छ भने, अर्को तर्फ हामी उत्पादनमा परनिर्भर भइसकेका छौं । नेपालमै भएको जंगलको कुहिएर खेर जाने काठ र नेपामै दक्ष जनशक्ति उत्पादन गरेर ढोका मात्र उत्पादन गर्ने हो भने, करोडौं रकमलाई नेपालमै राख्न सकिन्थ्यो । यसतर्फ सरोकारवाला निककायहरुको ध्यान जान जरुरी छ । पछिल्लो एक दशक यता छिटफुट रुपले केहि युवाहरु वाहिरबाट फर्किएर आफ्नै देशमा केहि गर्न लागिरहनु भएको छ । उहाँहरुलाई सरकारले प्रोत्साहन गर्नु आवश्यक छ । नेपालमा पनि अमेरिकन प्रविधि र खेर गईरहेका काठहरुको प्रयोग गरेर टिम्बर क्राफ्टले नेपालमै पहिलो पटक स्किन ढोकाहरु उत्पादन गर्दै आइरहेको छ । टिम्बर क्राफ्टले अमेरिकन कम्पनी मेसोनाइटले उत्पादन गर्ने स्नि प्रयोग गरेर ढोकाहरु उत्पादन गरिरहेको छ । हाल यस् कम्पनीका ढोकाको माग निकै बढेको तथा माग धान्न नसकिने अवस्था सम्म सृजना भएको छ । नेपाली उत्पादन प्रयोग गर्न नेपाली नागरिक उत्साहित भएको उदाहरण हो यो । हिजोका दिनहरुमा एएटा रुखबाट एउटामात्रढोका उत्पादन गनृ सकिन्थो भने टिम्बर क्राफ्टले गरिरहेको प्रविधि प्रयोग गर्दा एउटा रुखबाट थुप्रै ढोका बनाउन सकिन्छ । पछिल्लो समय मानिहरु निकै महत्वाकांक्षी भएका कारण हरेक बस्तु छानि छानि आकर्षक मात्र किन्ने गर्दछन । त्यसकारण पनि ढोका अब पुरानो शैलीको मोटो, बांगो, तथा खोल्दा र बन्द गर्दा कराउने तथा लगाएको एकदुई महिनामै बांगिने खालको ढोकाहरु प्रयोग हुन छाडेका छन् । अहिले त ग्राहकले बलियो, आकर्षक तथा आफ्नो इच्छ्या अनुसार रंग लगाउन मिल्ने तथा हलुका ढोका खोज्ने गरेका छन् । ढोका केवल ढोका मात्र नभई एक असल विश्वासिलो सुरक्षाकवज भएको हुनाले अब हामी आफैंले सोचौं ढोका कस्तो हुनुपर्ला भनेर ? नेपाली उत्पादनलाई माया गरौं ।
धन्यवाद