We are committed to maintaining superior standards in manufacturing and business practices.

Nepal door
01 Jan

Nepal door

नेपाली ढाेका- नेपाल डोर

नेपाली काठ, नेपाली सीप र नेपाली पहिचानले बनेको आधुनिक ढोका उद्योग NEPAL DOOR .


सन् २०१८ मा भरतपुर–१८, चितवनमा स्थापना भएको टिम्बर होम डेकोर प्रा.लि. अन्तर्गतको ब्रान्ड—नेपाल डोर—आज नेपालभर ढोका उद्योगको एक विश्वसनीय नाम बनिसकेको छ। “नेपालमै बनाउने, नेपाली कच्चा पदार्थ र नेपाली सीपलाई प्राथमिकता दिने” उदेश्य लिएर सुरु गरिएको यो उद्योगले केही वर्षमै देशका ठुला शहर र साना–शहरी क्षेत्रमा विशेष लोकप्रियता कमाइसकेकाे छ।

नेपाल डोरको यात्राले एउटा कुरा स्पष्ट प्रमाणित गर्छ
“यदि गुणस्तर, दृष्टि र इमानदारी मिले, ‘Made in Nepal’ वैश्विक स्तरमा प्रतिस्पर्धी हुन सक्छ।”

नेपाल डोरले नेपालमै अत्याधुनिक प्रविधिबाट उत्पादन गर्ने ढोकाहरू केवल भौतिक संरचना होइनन्—ती सौन्दर्य, विज्ञान र दीर्घ–स्थायित्वको संयोजन हुन्।

फ्याक्ट्रीबाट उत्पादन हुने प्रमुख मोल्डेड ढोकाकाे प्रकारहरूकाे बारेमा जानकारी ,


१) White Primer Molded Door (सेतो प्राइमर डोर)
यो उत्पादन नेपाल डोरको पहिचान नै बनिसकेको छ।
आकर्षक, बलियो, चिटिक्क परेको
शौचालय (Bathroom) र कोठा दुवैमा उत्तिकै उपयुक्त
मन पर्ने रङ लगाउन सकिने पनीले नबिग्रने ढाेका ।
१० वर्षसम्मको Replacement Guarantee छ नेपाल डाेककाे सेताे प्राइमर ढाेकामा ।

नेपाली बजारमा यति लामो रिप्लेसमेन्ट ग्यारेन्टी पाउने ढोका दुर्लभ छन्, त्यसैले यो सुबिधा विशेष विश्वास र लोकप्रियताको केन्द्र बनेको छ।

२) Melamine Molded Panel Door (मेलामाइन स्किन डोर)

पानीले नबिग्रने खालकाे ढाेका
चम्किलो ग्लोसी फिनिस भएकाे र
पहिले नै तयारी आकर्षक रंगमा उपलब्ध छ
रङ फेरि लगाउन नपर्ने
ग्राहकको आवश्यकता अनुसार कुनै पनि साइजमा बनाइने
शहरी बस्तीका घर, अपार्टमेन्ट र कमर्सियल स्पेसमा सबैभन्दा धेरै माग हुने मोडलहरू माेल्डेड प्यानल डाेर हरू हुन ।

३) Glass Fiber Door (ग्लास–फाइबर डोर)

धेरै पानी पर्ने, धेरै घाम लाग्ने, कडा मौसमले सिधा असर गर्ने ठाउमा याे ढाेका धेरै उपयोगी छ।
घामले फिक्का नहुने
पानीले नबिग्रने
टिकाउ, हलुका र आधुनिक डिजाइन्
स्कुल, रिसोर्ट, कमर्शियल भवन र बाहिरी क्षेत्रमा यसको प्रयोग तीव्र बढिरहेको छ।

नेपाली काठ :

नेपाल डोरको सबैभन्दा ठूलो विशेषता—काठ १००% नेपाली।
फ्याक्ट्रीमै आधुनिक सिजनिङ प्लान्टमा—
काठलाई सिजनिङ,र ट्रिटमेन्ट गरिनछ ।
कीरा–धमिरालाग्दैन र
बाङ्गो–टिङ्गो नहुने,धुलिया नलाग्ने अनी
लामो समयसम्म टिक्छ
उच्च गुणस्तर काे ढाेका हाे नेपाल डाेर ।

मोल्डेड ढोकाहरूमा १० वर्षको Replacement Guarantee दिन सकिनुको मुख्य कारण यही काठ लाइ वैज्ञानिक प्रशोधन गरिनुले हो।

लोकप्रियता :

ब्याक्तिकाे घरदेखि होटल, स्कुल र हाउजिङसम्म
नेपाल डोरका ढोकाहरू आज
रेसिडेन्टल घरहर कमर्सियल भवन स्कुल–कलेज होटल–रिसोर्ट
देशभरका हाउजिङ–प्रोजेक्ट
मा विशेष रुचिका साथ प्रयोग भइरहेका छन्।

नेपाली बजारमा पहिले विदेशी ब्रान्डले कब्जा गरेको क्षेत्रमा अहिले नेपाल डोरको छाप स्पष्ट रूपमा बढेको छ। नेपाली गुणस्तरप्रति ग्राहकको भरोसा जित्न सक्नु स्वयं एउटा उपलब्धि हो।
रोजगारी र आर्थिक रूप्मा नेपाल डाेरले राम्राे प्रभाव पारेकाे छ ।
एक सानो घरेलु उद्योगका रूपमा सुरु भएको नेपाल डोर आज—
३० जनाभन्दा बढि सीपयुक्त कामदारको प्रत्यक्ष रोजगारी, ३०० भन्दा बढी नेपालीहरूको अप्रत्यक्ष रोजगारी, रोजगारीसँगै सीप विकास,
स्थानीय काठ तथा कच्चा पदार्थको खपत
मार्फत स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान दिएको छ।
उद्योगको दैनिक उत्पादन क्षमता २५० ढोका भए पनि, हाल उत्पादन १०० देखि १२५ का बीचमा नियमित रूपमा भइरहेको छ।

देशकै लागि बनाइएको ढोका : नेपाल डोरको प्रतिबद्धता
नेपालमा बनेका, नेपाली हातले निर्माण गरेका, नेपाली कच्चा पदार्थबाट बनेका ढोकाहरूलाई देशभर फैलाउने लक्ष्यसहित नेपाल डोर अघि बढिरहेको छ।
“हरेक नेपाली घरलाई गुणस्तरीय, सुरक्षित र सुन्दर ढोका”—यही उद्देश्यले आज ब्रान्ड देशभर फैलिदै छ।
नेपाल डोर केवल ढोका बनाउने उद्योग होइन—
नेपाली उत्पादनमा विश्वास जगाउने, सीपलाई सम्मान गर्ने, र आत्मनिर्भर अर्थतन्त्रको ढोका खोल्ने एउटा राष्ट्रिय अभियान हो।