We are committed to maintaining superior standards in manufacturing and business practices.
काठमाडौं । विगत लामो समय फोटोग्राफीमा विताएका योगेन्द्रजंग बस्नेत ‘नेपाल डोर’ नामको कम्पनी स्थापना गरेर नेपालमै गुणस्तरीय ढोकाहरु उत्पादन गरिरहेका छन् । अमेरिकामा एक दशकभन्दा धेरै समय विताएर नेपाल फर्किएका युवा उद्यमी बस्नेतले नेपालमा गुणस्तरीय ढोको अभाव देखेपछि यो व्यवसाय शुरू गरेका हुन् ।नेपाल डोर अहिले नेपालमा मोल्डेड स्किन, एफआरपी, र प्लाइ ढोका उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो उत्पादकको रूपमा स्थापित भएको छ । कम्पनीले उत्पादन गरेका प्रत्येक प्यानल स्किन ढोकाहरू नेपालमै उत्पादन हुने भएकाले गुणस्तर नियन्त्रण र अनुकूलन गर्न सक्ने क्षमता राख्ने नेपाल डोरले जनाएको छ ।नेपाल डोरको मुख्य लक्ष्य भनेको उपभोक्ताको घर, कोठा, कार्यालय, बालकनी, बाथरूम वा धुलाई कोठाका लागि शतप्रतिशत वाटर फ्रुफ ढोका उपलब्ध गराउनु हो । नेपाल डोरले उच्चतम् मापदण्ड पालना गर्दै उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न केन्द्रित रहेको कम्पनीका अध्यक्ष बस्नेत बताउँछन् ।नेपाल डाेर मा बिभिन्न डिजाइनमा रगं गर्न मिल्ने ढाेकाहरू उपलब्ध छन्र ।
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Integer ornare tincidunt neque vel semper. Cras placerat enim sed nisl mattis eleifend.
Default Welcome Msg!