We are committed to maintaining superior standards in manufacturing and business practices.

मुलुकलाई काठमा आत्मनिर्भर बनाइने
01 Jan

मुलुकलाई काठमा आत्मनिर्भर बनाइने

मुलुकलाई काठमा आत्मनिर्भर बनाइने

 दर्पण दैनिक ५ जेष्ठ २०८०,१६:५९
 
post

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहका सरकारको समन्वय र समुदायको सहभागीतामा वनको संरक्षण, व्यवस्थापन र संवद्र्धन गरिने बताएका छन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै उनले वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइने बताएका हुन् ।

उनले सरकार, समुदाय र नीजि क्षेत्रको सहकार्यमा दिगो वनव्यवस्थापन मार्फत काष्ठ र गैरकाष्ठ वनपैदावारको उत्पादन विकास, विस्तार तथा आपुर्ति अभिवृद्धि गरिने समेत बताएका छन् ।

निजी वनको प्रवद्र्धनका लागि नीजि र साझेदारीमा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वनपैदावरमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने र आयातलाई निरुत्साहित गरिने उनले बताए ।

“ढलापडारुखहरु आवश्यक प्रक्रिया पूरा गरी आगामी दुई वर्षभित्र बिक्री वितरण गरिने छ । वनक्षेत्रमा कृषि, पशुपन्छि तथा फलफुलको उत्पादकत्व अभिवृद्धि गर्न बाह्य जमिन तथा नदी उकास जग्गाको समेत उचित प्रयोग हुने खालका कार्यक्रम सञ्चालन गरिने छ,” नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने ।